१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा जिप दुर्घटना हुँदा सातको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o२:oo

बझाङको मस्टा गाउँपालिका- १ तुफानडाँडानजिकै जिप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बुधबार साँझ साढे ४ बजे मस्टा गाउँपालिका- १ डुग्रीबाट भातेखोला जाने क्रममा सु-प-प्र-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। जिप दुर्घटना भई सडकभन्दा झन्डै ३ सय मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु भएका ७ जनाको शव फेला परेको जसमा ४जनाको सनाखत भएको र ३ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। जिपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ। 

सनाखत भएका मृतकहरू मस्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोसन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र वर्ष २८ की वसन्ती धामी रहेको साथै बाँकी ३ जनाको सनाखत नभएको जनाइएको छ।

ad
ad