१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्याराग्लाइडिङ उडानसम्बन्धी अध्ययन गर्न कमिटी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o१:oo

साहसिक मनोरञ्जनात्मक खेल ‘प्याराग्लाइडिङ’ उडानसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय कमिटी गठन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा अध्ययन कमिटी गठन गरेको हो।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भएपछि क्यानले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । सारङकोटबाट उडेलगत्तै सय मिटरमाथिबाट जमिनमा खसेका उनलाई तत्काल पोखराकै मेट्रोसिटी अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए।

प्रतिस्पर्धाकै क्रममा थापाले उडाएको प्याराग्लाइडिङ अकास्मात् जमिनमा खस्दा निधन भएको थियो । उनी उपाधिका प्रबल दाबेदार पनि थिए । साहसिक खेलकुदमा सर्वाधिक आकर्षण बनेको प्याराग्लाइडिङ उडानलाई कसरी थप व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको क्यानले जनाएको छ। 

क्यानले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो । पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण भनेकै प्याराग्लाइडिङ उडान हो । दैनिक सयौँको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आइरहेका छन्। 
 

ad
ad