१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २ बुधबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २ बुधबार १२:३६:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।

गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए। केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिए।