१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उपेन्द्र खनाल काठमाडाैं
२०८० असोज २२ सोमबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तनहुँमा डेंगुबाट थप एकको मृत्यु

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल, काठमाडाैं
२०८० असोज २२ सोमबार १०:२२:००

डेंगुबाट तनहुँमा थप एकजनाको मृत्यु भएको छ । व्यास नगरपालिका– २ दमौली बस्दै आएकी ३४ वर्षीया युवतीको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । जिल्लामा डेंगुका कारण पाँचजनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समय व्यास नगरपालिकाका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएको छ । तनहुँमा हालसम्म चार हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगुको संक्रमण फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रण गर्न जिल्लाका सबै विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ ।

केही दिनयता डेंगुको महामारी बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न सामुदायिक एवं संस्थागत विद्यालयमा अनिवार्य सचेतना कार्यक्रम गर्न थालिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मीले बताए । ‘वर्षायामसँगै जिल्लाका विभिन्न स्थान तथा बजार क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिएको र बिरामीको संख्या बढ्दै गएकाले जनचेतना जगाएर सरसफाइमा ध्यान दिन विद्यार्थीलाई सजग गराइएको हो,’ उनले भने । 

पछिल्लो समय व्यास नगरपालिकाका विभिन्न वडामा डेंगु फैलँदै गएपछि चिकित्सकसहितको टोली विद्यालय, टोल र घरहरूमा पुगेर डेंगुबाट बच्ने उपायबारे जानकारी गराउँदै आएको छ । दिनदिनै बिरामी बढ्दै गएपछि इकाइले जिल्लाका सम्पूर्ण विद्यालयमा डेंगुबाट जोगिने सन्देश प्रवाह गर्न अनुरोधसमेत गरेको छ । नगरपालिकाभित्रका विद्यालयमा भने एक साताअगाडिदेखि नै सचेतना कार्यक्रम गरिँदै आएको छ । 

बालिबालिकाले घरपरिवारका सदस्यलाई जानकारी गराउन सहज हुने ठानेर विद्यालयमा डेंगुबारे जानकारी गराइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । ‘सबैभन्दा सूचना प्रवाह गर्न भरपर्दो माध्यम विद्यार्थी भएका छन् । उनीहरूलाई सजग गराएपछि घरमा गएर बाबाआमालाई रोगबाट जोगिने उपाय सम्झाउँछन्, त्यसरी पनि नियन्त्रणमा थोरै भए पनि सहयोग पुग्छ ।