१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ कार्तिक २ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्यमशीलता विकास गर्न चितवनको बोस्टन कलेजले एक करोडको छात्रवृत्ति दिने

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २ बुधबार ११:२०:००

चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०७७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई जोड दिँदै आगामी पाँच वर्षभित्र चितवन जिल्लामा अध्ययनरत विभिन्न विश्वविद्यालय एवं कलेजका विद्यार्थीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले एक करोड रुपैयाँबराबरको सिड फन्ड स्थापना गर्न लागेको चन्दले बताए ।

विद्यार्थीलाई व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गरेको यस कलेजले अबको पाँच वर्षमा रिसर्च डिपार्टमेन्टलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र कलेजको विद्यमान जरनल बिआइसी जर्नल अफ म्यानेजमेन्टलाई क्युस्तरमा स्तरोन्नति गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ । साथै, एक सयभन्दा बढी सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई शैक्षिक गुणस्तर एवं वृत्ति विकाससम्बन्धी तालिम प्रदान गर्ने योजना रहेको कलेजले जनाएको छ । 

चन्दले भने, ‘हामी पाँच वर्षमा दुई सयभन्दा बढी कम्पनीहरूसँग आबद्ध भई कलेजका विद्यार्थीलाई औद्योगिक व्यवसायतर्फ केन्द्रित गराउने र यसै वर्षदेखि कम्तीमा ९० प्रतिशत दीक्षित गराई शतप्रतिशत रोजगारी गराउनेछौँ । प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन गर्नेछौँ ।’ सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल एमबिए, बिबिए, बिबिए (बिआई, बिसिआइएसका कार्यक्रम सञ्चालनमा छ ।