Skip This
सडक अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुको भिड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Saturday, 27 July, 2024
२o७९ असोज ३० आइतबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १८:१४:oo

गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुको भिड लागेको छ। जहाजको उडान कम तर यात्रुहरूको संख्या बढी भएपछि सकस भएको हो।  

दसैँपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा समस्या भएको हो। अघि-पछि नियमित उडान भर्ने एयरलाइन्सले पूर्वलाई प्राथमिकता दिएपछि पश्चिम क्षेत्रको उडान प्रभावित भएको हो। यसले सर्वसाधारण मर्कामा परेका छन्। 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एक मात्र उडान भरेको छ। नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुईवटा जहाज आउनुपर्ने भए पनि कार्यान्वयन हुन सकेको छैन। 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुले नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुने भनिए पनि कार्यान्वयन नभएको बताए। उनले एउटा जहाज बिग्रेको एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताए। नागरिक उडड्यन जुम्लाका अनुसार अगस्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको १ मात्र उडान भरेका छन्।