१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
उगेन छोदेन, भुटानी अभिनेत्री 
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

जोकैजोकमा सुटिङ बित्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:४५:oo

नेपाल पहिले पनि आएकी थिएँ । तर, पहिले–पहिले छोटो समय मात्रै बस्थेँ । लामो समय बसेर यहाँको सुन्दरता नियाल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यस्तो अवसर फिल्म ‘दुई नम्बरी’ ले जुराइदियो । लामो समय बिताएर नेपालका पहाडहरू नियाल्ने अवसर पाइयो । यहाँको संस्कृतिबारे बुझ्न पाइयो । नेपाल सांस्कृतिक रूपमा धेरै धनी र विविधतायुक्त देश रहेछ । 

यहाँ समय बितेको पत्तै भएन । सुटिङ सेटमा निकै रमाइलो भएको थियो । सबैजनाले मलाई माया गर्नुभयो । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङलगायत नेपालका स्टार कलाकार हुनुहुन्छ ।

तर, उहाँहरूको व्यवहार निकै नम्र लाग्यो । त्यसैले पनि काम गर्न निकै सहज भयो । उपासनाजीसँग सुटिङका क्रममा निकै नजिकिएँ । उहाँ सधैँ जोक गर्न रुचाउने । उहाँले मलाई धेरै नेपाली जोक सुनाउनुभयो । मैले पनि भुटानमा चलेका जोकहरू सेटमा सुनाएँ । अहिले सम्झँदा जोकैजोकमा सुटिङ बित्यो जस्तो लाग्छ ।

यो निकै स्मरणीय अनुभव रह्यो । नेपालका सबै ठाउँ राम्रो छन् । यहाँका पहाडले भुटानकै झल्को दिन्छन् । काम पनि पारिवारिक माहोलमै गर्न पाएकाले मलाई यहाँ बस्दा भुटान खासै मिस भएन । 

ad
ad