मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २७ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २७ बिहीबार १७:३३:००

उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय बदर माग गर्दै रुपन्देही- २ का राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन्। प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी आयोगले खारेज गरेको थियो। 

सर्वोच्चमा उनले आज दिएको रिट निवेदनमा उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय नमिलेको भन्दै खारेजीको माग गरिएको छ। रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार गुरुङको मनोनयन खारेज हुने गरी निर्णय भएको विज्ञप्ति जारी गरेका थिए।