१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

‘नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४८:oo

संयुक्त राष्ट्रसंघले नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने जनाएको छ । विश्वलाई शून्य उत्सर्जनको मार्गमा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को मंगलबार सार्वजनिक प्रतिवेदनमा जनाइएको हो ।

प्रतिवेदनले स्वच्छ ऊर्जा स्रोतको विद्युत् उत्पादनलाई आगामी आठ वर्षमा दोब्बर बनाउन नसके विश्वव्यापी ऊर्जा सुरक्षामा खलल पर्न सक्ने चेतावनी पनि दिएको छ । डब्लुएमओले जलवायु परिवर्तनले विश्वव्यापी ऊर्जा सुरक्षालाई जोखिममा पारेको बताएको छ । सन् २०२० मा विश्वको ८७ प्रतिशत बिजुली पानीको उपलब्धतामा निर्भर रहेको थियो । थर्मल र न्युक्लियर पावल प्लान्टहरूका लागि पनि पानीको उपलब्धता अनिवार्य हुन्छ । ‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा लगभग तीनचौथाइ हिस्साका लागि ऊर्जा क्षेत्र जिम्मेवार छ । 

यदि हामी एक्काइसौँ शताब्दीमा फस्टाउने हो भने सौर्य, वायु र जलविद्युत्जस्ता स्वच्छ ऊर्जामा प्रवेश गर्नु र ऊर्जा दक्षतामा सुधार गर्नु महत्वपूर्ण हुनेछ,’ प्रतिवेदनले भनेको छ । अफ्रिका नवीकरणीय ऊर्जाको प्रमुख खेलाडी बन्न सक्ने सम्भावनालाई प्रतिवेदनले औँल्याएको छ । तर, अफ्रिकाले पहिले नै जलवायु परिवर्तनका गम्भीर प्रभावहरू सामना गरिरहेको छ । सम्पूर्ण अफ्रिकीलाई आधुनिक ऊर्जामा पहुँच पुर्‍याउन वार्षिक २५ अर्ब डलर लगानी आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

ad
ad