१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद : बागमती आठ विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:o७:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेस प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको छ । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो । महिला क्रिकेटतर्फको दोस्रो खेलमा टस हारी पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम १८.२ ओभरमा ७१ रनमा अलआउट भएको थियो । 

बागमतीले १३.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बागमतीका सुमन खतिवडा ११ रन र आरती बिडारी तीन रनमा नटआउट रहे । पहिलो विकेटका लागि ओपनर अस्मिना खरेल र कञ्चन श्रेष्ठले १०.४ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गरे । २६ बलको सामना गरेकी खरेल ९ रनमा पेभेलियन फर्किइन् । कञ्चन २५ रनमा रनआउट भइन् । ४४ बलको सामना गरेकी कञ्चनले एक चौका प्रहार गरिन् ।

सुदूरपश्चिमका लागि अनु कडायतले सर्वाधिक २२ रन बनाउन २३ बलमा दुई चौका प्रहार गरिन् । सुदूरपश्चिमका नौजना ब्याट्सम्यानले दोहोरो रन पनि छुन सकेनन् । ओपनर रुबी पोडारले १२ रन र कप्तान बिन्दु रावलले पाँच रनको योगदान दिए । रुबीले २१ बलमा एक चौका प्रहार गरिन् । बागमतीकी सोनी पाख्रिनले १३ रन खर्चेर पाँच विकेट हात पारिन् । खुसी डंगोलले दुई विकेट लिइन् । 

 आयोजकको हार
गण्डकीले मधेसविरुद्ध टस जिती फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको मध्यम योगफल बनायो । सहज लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमै सीमित भयो । मधेसको जितमा अनुराधा चौधरीले आठ रन खर्चेर चार विकेट हात पारिन् । उनले आफ्नो स्पेलमा एक मेडन ओभर गरिन् । कविता गौतम र शान्ति चौधरीले समान दुई विकेट लिए । गण्डकीको ब्याटिङमा शिला क्षेत्रीले सर्वाधिक १० रनको योगदान दिइन् । उनले २२ बल सामना गरेकी थिइन् । गण्डकीको ब्याटिङमा पाँच ब्याट्सम्यान डकआउट भए । पाँचजना खेलाडीले दोहोरो अंक पनि सकेनन् । गण्डकीले इनिङ्सको चौथो बलमै विकेट गुमाएको थियो । इनिङ्सको ११.६ ओभरमा गण्डकीले पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा २४ रन मात्र बनाएको थियो । 

यसअघिको ब्याटिङमा मधेसका लागि सना प्रविन र अलिसा यादवले समान १४ रनको योगदान दिएका थिए । सनाले १४ बलमा एक चौका र अलिसाले एक चौका प्रहार गरे । शान्ति चौधरीले २७ बलमा १५ रन बनाइन् । गण्डकीकी कुसुम गोदारले तीन ओभरमा ६ रन खर्चंदै दुई विकेट लिइन् । सृष्टि जैसीले १८ रनमा एक विकेट हात पारिन् । आकृति तिवारीले १२ रन खर्चंदै तीन विकेट हात पारिन् । 
 

ad
ad