१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको समर्थनमा घनश्यामले दिए स्वतन्त्र उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:३८:oo

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका छन्। 

सत्तागठबन्धको समर्थनमा स्वतन्त्र वामपन्थी उम्मेदवारका रूपमा उमेदवारी दर्ता गराएको भुसालले बताए। 

आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर आफू स्वतन्त्र वामपन्थी विचारकका रूपमा उम्मेदवार बन्न लागेको जानकारी दिएका थिए। साथै, आफ्नो उमेदवारीलाई सत्तागठबन्धनले साथ दिएको बताए। 

गठबन्धनको समर्थनमा उम्मेदवार बनेको छु, माओवादीले आफ्नो चुनाव चिह्न लिएर उम्मेदवार बन्न आग्रह गरेको थियो तर म स्वतन्त्र उम्मेदवारी दिएको छु। मप्रति सदाशयता देखाइदिनुभएकोमा माओवादी पार्टीलाई धन्यवाद दिन्छु। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत सामाजवादीका अध्यक्ष माधव नेपालसँग सल्लाह गरेर आफूलाई गठबन्धनको समर्थन रहने जानकारी दिनुभएको छ। अब म आयोगले दिने चुनाव चिह्नमार्फत निर्वाचन लड्छु।  

क्षेत्रनं १ मा गठबन्धनबाट प्रदेशतर्फ (क)मा कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेको थियो। 

यसैबीच, एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा एमालेसँगको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन्।
 

ad
ad