१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २२ शनिबार ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावललाई टिकट नदिएपछि एमाले क्षेत्रीय निर्वाचन कमिटी संयोजकले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार ११:५३:oo

नेकपा एमाले अछाम क्षेत्र नं १ समन्वय कमिटीका संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्र समन्वय कमिटीले भीम रावललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरे पनि केन्द्रले फरक निर्णय गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

भाद्र १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले सर्वसम्मत रूपमा क्षेत्र नं १ मा रावलको नाम एकल सिफारिस गरेको थियो। तर, पार्टी केन्द्रले समन्वय कमिटीको सर्वसम्मत सिफारिसविपरीत एकल सिफारिस भएका रावलको साटो जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गर्याे। त्यसकाे विराेधमा क्षेत्रीय कमिटी संयोजक शाहले पदबाट राजीनामा दिएका हुन्।