मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २० बिहीबार ११:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिमीका दुई विद्यालय दसैँमा पनि  सञ्चालन

Read Time : < 1 मिनेट
२०७९ असोज २० बिहीबार ११:०१:००

जिल्लाभर दसैँको बिदा छ । तर, उत्तरी नाम्खा गाउँपालिका– ६ स्थित  लिमीका दुई सामुदायिक विद्यालयमा पठनपाठन चलिरहेको छ । बौद्ध धर्मावलम्बीहरूले दसैँ–तिहार  नमान्ने भएपछि यहाँका तीन विद्यालयमा नियमित पठनपाठन चलेको हो ।

हिमालपारिको लिमीका तीन गाउँमा सार्वजनिक बिदा भए पनि खासै मतलब हुँदैन । ‘दसैँ–तिहार नमान्ने गरेपछि हामीहरूले विद्यालयमा नियमित पठनपाठन गरेका हौँ,’ नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।वडाध्यक्ष तामाङका अनुसार सरकारी शिक्षक बिदामा बस्छन् । निजी स्राेतका शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । 

निजी स्राेतका शिक्षकलाई उवा भित्र्याउने वेला १५ दिन र उवा खेतमा छर्ने समय १५ दिन गरी एक महिना मात्रै बिदा हुने गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।चारजना शिक्षकले विद्यालय सञ्चालन गरेको र त्यहाँ १९ छात्रा र १६ जना छात्र गरी ३५ जना विद्यालय नियमित आउने गरेको शिक्षक कन्जोकछिरिङ तामाङले बताए ।

३८ जना विद्यार्थी भएको उक्त विद्यालयमा तीनजना बिरामी भएर जिल्लाबाहिर गएको शिक्षक तामाङले बताए । ‘अब तीन दिनपछि हामीहरूको पनि १५ दिनसम्म बिदा हुन्छ । उवा काटेर भित्र्याउने समय हो,’ शिक्षक तामाङले नयाँ पत्रिकासँग बताए । 

लिमीको हल्जी गाउँको सुनखानी र जाँङ गाउँको भृकुटी आधारभूत  विद्यालय दसैँ बिदामा पनि नियमित रहेका छन् ।