मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
फाइल तस्बिर
२०७९ असोज १९ बुधबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सजगता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
२०७९ असोज १९ बुधबार १९:२५:००

राप्ती नदीमा बाढीले खतरा सतह पारेको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण राप्तीमा बाढीले खतराकाे सतह पार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुगेको छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुगे खतरा मानिन्छ।

अहिले पनि नदीमा पानीको सतह बढ्दै गएकोले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नं. १, २, ४ र ५ का गाउँ डुवानमा पर्ने खतरा बढेको भन्दै प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ। 

नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताए।