मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Thursday, 27 August, 2026
२o७९ असोज १५ शनिबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाराको चुरियामाईमा बस दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १८:o९:oo

शनिबार दिउँसो मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। 

हेटौँडाबाट वीरगन्जका लागि छुटेको ना.७ख ३६३९ नम्बरको बस त्रिभुवन राजपथअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाई मन्दिर ओरालोमा दुर्घटना भएको हाे।

दुर्घटनामा अन्य केही घाइते भएको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको बताइएको छ। बसचालक भने फरार रहेको प्रहरीले जनाएको छ।