मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री बुढा एमालेमै फर्किए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १६:५१:oo

एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री नन्दसिंह बुढा एमालेमै फर्किएका छन्। बुढासँगै केन्द्रीय परिषद्, प्रदेश कमिटीका एक दर्जन सदस्य बिहीबार एमाले प्रवेश गरेका हुन्।

त्यस्तै, कर्णाली प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकाय पनि समाजवादीबाट एमालेमै फर्किएका छन्। उनीहरूलाई महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराए।