१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Monday, 07 July, 2025
२o७९ असोज १२ बुधबार १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारबाहीमा परे दसैँको मौका छोपी बढी भाडा लिने सवारीसाधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १९:२८:oo

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै लमजुङ प्रहरीले चारवटा सवारीसाधनलाई कारबाही गरेको छ। प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेँसीसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रणमा लिएको हो। 

माइक्रोबसको काठमाडौंबाट लमजुङका लागि ७ सय १० भाडादर कायम भएकोमा प्रतिव्यक्ति एक हजार लिएको र बसले ६ सय ५० भाडादर कायम भएकोमा प्रतिव्यक्ति एक हजार लिएकाले ३ वटा माइक्रोबस र एउटा बसलाई आवश्यक कारबाहीको लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ।