काठमाडौं/ यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। श्रम मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।
तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको हो। तत्कालीन मन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङलाई सिआइबीले पक्राउ गरेको हो । मलेसिया जाने कामदारको पैसा ठगी गरी विदेशी मुद्रा पनि अपचलनमा उनीहरूले सघाएको खुलेपछि सिआइबीले पक्राउ गरेको हो। जसमा यसअघि व्यवसायी कैलाश खड्कालगायत पक्राउ परिसकेका छन्।