गृहमन्त्रीकी आमा भन्दै भिडियो खिचेर पोस्ट गरेको आरोपमा तीनजना पक्राउ

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो खिचेर पोस्ट गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

दाङका सालिकराम न्यौपाने, भक्तपुरका छत्र बोगटी र दोलखाका नवरत्न तामाङलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। तीनैजना सञ्चारकर्मी हुन्। ४९ वर्षीय महिलाले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । तीनैजनालाई थुनामा राख्न अदालतले म्याद दिएको छ। 

आफूलाई गृहमन्त्रीकी आमा बताउने एक महिलाको अन्तर्वार्ता उनीहरूले सामाजिक सञ्जालमा राखेका थिए। आफ्नो अनुमतिविना त्यसरी भिडियो खिचेर राखेको भन्दै जाहेरी परेको थियो। सो भिडियोमा ती महिलाले गृहमन्त्री सुधन गुरुङ आफ्नो छोरा भएको बताउँछिन्। 


अन्तर्वाता प्रसारण गरेकै आधारमा यसरी पक्राउ गरिएको भन्दै सञ्चारकर्मीले प्रहरीको यस कदमको आलोचना गरेका छन्। 

सुझावित समाचार