मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १० सोमबार
  • Tuesday, 18 August, 2026
२o७९ असोज १० सोमबार १५:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणको आह्वान- संविधान जोगाउन गठबन्धनलाई भोट दिनूस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १५:५७:oo

गृहमन्त्री बालकृष्ण खाणले संविधानको रक्षाका लागि गठबन्धका उमेदवारहरूलाई निर्वाचनमा जिताउन कांग्रेस कार्यकर्तालाई आह्वान गरेका छन्। 

गृहजिल्लामा आफ्नै निर्वाचन क्षेत्रमा सोमबार सम्पर्क कार्यालयको उदघाटन गर्दै विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतालाई बचाइराख्न गठबन्धनको जित आवश्यक भएको बताउँदै यसको नेतृत्व नेपाली कांग्रेसले गर्ने गृहमन्त्री खाणले बताए।
 
कम्युनिष्ट शक्तिसहित बनेको गठबन्धनले ल्याएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक कदम भएको उल्लेख गर्दै यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने बताए।

मंसिर ४ को निर्वाचनमा संविधानको रक्षाका लागि बनेको गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे।
 
आगामी निर्वाचनले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने दाबी गरे। उनले प्रहरी प्रशासन र सुरक्षा निकायलाई उद्योगी, व्यवसायीको सुरक्षा, मजदुर र किसानको हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। 

गठबन्धनको प्रमुख पार्टी कांग्रेस भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले अग्रसरता लिनुपर्ने खाणको भनाइ थियो। संविधानमा केही कमजोरी रहेको र कमी–कमजोरीलाई सुधार्न संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो। 

राष्ट्रपतिले विधेयक फिर्ता गर्दा दिएको सुझाव संविधान संशाेधनपछि मात्र सम्बोधन गर्न सकिने विषय भएकाले ती सुझावलाई ग्रहण गर्दै विधेयक पुनः राष्ट्रपतिसमक्ष पठाएको उल्लेख गरे। तर, अहिले संविधान संशाेधन गर्ने समय नरहेको कारण मंसिर ४ पछि बन्ने संसद्ले संशाेधन गर्ने उल्लेख गरे। 

नागरिकता विधेयक पारित नभएका कारण नागरिकता पाउनुपर्ने नागरिक अनागरिक भएर बाँच्नुपरेको गृहमन्त्री खाणले बताए। ‘संविधानअनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन पाइँदैन,’ उनले भने।
  
राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि नागरिकता प्राप्त आमाबुबाका सन्तानले नागरिकता पाउन नसकेको उनकाे भनाइ छ। 

त्यस्तै, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले आगामी मंसिर ४ गते हुने निर्वाचमा कांग्रेसलाई जिताउन सके मात्र मुलुकको विकास हुने दाबी गरे। कांग्रेस रुपन्देहीका पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले कांग्रेस एकढिक्का भएर अगाडि बढे आउने दिन जनताको दिन हुने बताए। 

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापा, क्षेत्रीय सचिव लेखनाथ भट्टराईलगायतले मंसिर ४ को निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे।