१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Wednesday, 02 July, 2025
रासस काठमाडौं
२o७९ असोज ८ शनिबार २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनभित्र संघर्ष जारी छ : प्रमेश हमाल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार २o:३४:oo

नेकपा ‘एकीकृत समाजवादी’ का उपाध्यक्ष प्रमेश हमालले आफ्नो दलको अस्तित्वका लागि गठबन्धनभित्र संघर्ष गरिरहेको बताएका छन्। 

एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नं ४ (२) का आयोजनामा आज भएको ‘प्रशिक्षण कार्यक्रम’ मा  उनले संघीय निर्वाचनमा गठबन्धनमा हालसम्म बढीमा ११५ सम्मको सिट मिलेको र प्रदेश सभासमेत गरी आइतबारसम्म सबै सहमति हुने विश्वास व्यक्त गरे। 

संसदमा झन्डै दुईतिहाइ प्राप्त गरेको नेकपा हाल छिन्नभिन्न भएर आफ्नो अस्तित्वका लागि संघर्षरत रहनुपरेकामा दुःख व्यक्त गर्दै नेता हमालले तत्कालीन नेतृत्वमा आएको गम्भीर वैचारिक भड्कावले सर्वशक्तिवान् बन्ने चाहना सिर्जना भई कम्युनिस्ट आन्दोलनका लक्ष्य, मूल्यमान्यता र आदर्शबाट च्यूत हुनुपरेको विचार व्यक्त गरे। 

संसद् विघटन गरिएकाले बाध्य भएर लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरूले गठबन्धन गर्नुपरेको जनाए। उनले भने, ‘एमालेले गल्ती सुधारेर गएमा वामपन्थी गठबन्धन अहिले पनि हुन सक्छ, हाम्रो पार्टीको मुख्य कार्यभार अझै पनि वामपन्थीहरूसँग कार्यगत एकता र एकीकरण गर्ने हो, हामी एक्लैले समाजवादी आन्दोलनमा सफल पाउन सक्दैनौँ।’ 

‘दक्षिणपन्थी विसर्जनवादविरुद्धको संघर्ष’ विषयमा प्रशिक्षण दिँदै पार्टी स्कुल विभागका प्रमुख हमालले कम्युनिस्ट आन्दोलन, क्रान्तिका उपलब्धि र समाजवादी कार्यदिशालाई नै प्रहार गर्ने दक्षिणपन्थीविरुद्ध निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले ‘मार्सवादी अर्थशास्त्र र नेपालको सामाजिक आर्थिक रूपान्तरण’ विषयमा प्रशिक्षण दिँदै दलाल पुँजीवादविरुद्ध संघर्ष गर्दै कृषि र औद्योगिक क्रान्तिलाई सँगसँगै लिएर जानुपर्ने बताए।