१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप गरेको छैन - डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार २o:४१:oo

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन्। 

बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रस्ट्याएका हुन्। 

माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो। पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए। 

‘कटवाल प्रकरणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ। त्यो उहाँले स्वीकार गर्नुभएको छ। त्यति वेला हामीले के आगो ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए। वास्तवमा दुईवटा सेनाको ठीक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रीकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो,’ उनले भने, ‘मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले राष्ट्रपतिले असंवैधानिक कदम पछिल्लो त आएको छ। तर, असंवैधानिक कदमको सुरुवात त्यति वेलै भएको थियो। त्यसैलाई पनि उहाँले अलिकति यहाँ राख्नुभएको छ। त्यसले इतिहासप्रति न्याय गर्दैन किनकि त्यो सत्य थिएन।’

उनले तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलहरूका बीचमा भएको १२बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताए। उनले १२बुँदे समझदारीको सुरुवात नेपाली राजनीतिक दलहरूले नै गरेको उल्लेख गरे।