१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १९:१३:oo

सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताएका छन्।

बिहीबार तुलसीपुर उपमहानगरपालिकाकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। 

उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकारले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए। 

मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए। उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाए। 

मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरूले सबैभन्दा बढी चासो राख्नुपर्ने बताए। 

उनले विमानस्थल विस्तारको बजेटका लागि आफूहरूले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। 

मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्यान्डिङ गर्ने गरी धावनमार्ग निर्माण गरेर चाँडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए। 

उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिए।