१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बाबुले ल्याए ‘सान्नानी’को रिमेक भर्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३८:oo

गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन्। करिब दुई दशकपछि उनले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन्।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन्। गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन्।

भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ। सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन्। ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने आलोक नेम्वाङले निर्देशन गरेका थिए।

ad
ad