१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मानुषी काठमाडौं ७ बाट लड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o७:oo

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबीच सिट बाँडफाँड भने टुंगिसकेको छैन । 

सत्तागठबन्धनमा काठमाडौं ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मानुषीप्रति सकारात्मक छन् । 

गठबन्धनका शीर्ष नेताको सकारात्मक संकेतपछि उनले निर्वाचन तयारीसमेत थालिसकेकी छिन् । महिला र अध्ययनशील युवाको प्रतिनिधित्व गर्दै निर्वाचन तयारीमा जुटेको उनले बताइन् । शीर्ष नेता आफूप्रति सकारात्मक रहेको उनको दाबी छ । माओवादीले काठमाडौं ७ बाट मानुषी, २ बाट पूर्वसभामुख ओनसरी घर्ती र ३ बाट स्वतन्त्र रूपमा कुलमान घिसिङलाई उम्मेदवार बनाउन चाहेको छ । ९ मा हितमान शाक्य र ६ मा हिमाल शर्माले दाबी गरेका छन् । काठमाडौं ७ मा जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि दाबी गरेका छन् । 

ad
ad