Skip This
मनाङको नार्पाभूमिमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङको नार्पाभूमिमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:४१:oo

मनाङको बिकट गाउँ नार्पाभूमिमा गाउँपालिकामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरेको हो ।  

शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाको ल्याबको उचार गरिएको छ । यस्तै च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब टेष्ट गरिएको छ ।

फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको उपचार गरिएको मल्लले बताए । नेपाली सेनाको मनाङस्थित इन्द्रदल गुल्मले नार्फाभूमि गाउँपालिकामा ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सेनाले गाउँमै  स्वास्थ्य शिविर सन्चालन गरेसँगै स्थानीय खुशि भएका छन् ।

ad
ad