१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

'संविधानले दिएको अधिकारभन्दा बाहिर कोही नजाऔं'

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४९:oo

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्।

उक्त विधेयकबारेको जिज्ञासामा पूर्वराष्ट्रपति डा. यादवले भने, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ। यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु।’ नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिसमक्ष पुगेको छ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठबुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।

सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेकोबारे कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्नेलगायतका  विषयवस्तु उल्लेख छ।

सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वाभाविक रूपमा लिई प्रतिनिधिसभा, राष्ट्रिय सभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनः पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव भन्छन्, ‘राष्ट्रपति, सरकार, संसद् र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔँ, संविधानलाई सहज रूपमा सुचारु हुने काम गरौँ।’ 

नेपाली जनताको ठूलो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त संविधानको कार्यान्वनलाई सहज रूपमा सुचारु बनाएर खँदिलो तुल्याउँदै लैजानुपर्ने भन्दै उनले कुनै विषयमा अलमल भएमा विषयविज्ञ, संविधान र कानुनविद्सँग गरिएको परामर्शका आधारमा अघि बढ्न सकिने आफ्नो अनुभव सुनाए।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लंघन गर्न हुन्न । विषयविज्ञभन्दा बाहिरका व्यक्तिसँग हुने छलफल र परामर्शले शंका–उपशंका पैदा हुन्छ । त्यसैले सबैले संविधानले दिएको अधिकार प्रयोग गरेर यसैको परिधिभित्र रहेर काम गरौँ, समस्या समाधानको यो नै उत्तम उपाय हो।’ 

अघिल्ला संविधानमा जस्तो राष्ट्रपतिलाई न्यायालयबाट सल्लाह र सुझाव लिने तथा प्रोत्साहन र सचेत गराउने व्यवस्था नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले विधायिका, कार्यपालिका, व्यवस्थापिका र राष्ट्राध्यक्ष संस्थाले संविधानले दिएको अधिकार एवं परिधिभित्र रही संविधानलाई सहज कार्यान्वयन गर्न योगदान पुर्‍याउनुपर्ने उल्लेख गरे।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘राष्ट्रपतिको मर्यादा र सीमा  संविधानले तोकिदिएको छ। संसारको परम्परा पनि हेर्नुपर्छ। राष्ट्रपतिले विधेयक स्वीकार गरी प्रमाणीकरण गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। हामीले सबैलाई समेटेर लैजानुपर्छ।’

ad
ad