१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जैसवालले जिते सिंह स्मृति बुद्धिचाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:३९:oo

नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रूपेश जैसवालले जितेका छन् । मंगलबार भएको फाइनलमा उनले क्यान्डिडेट मास्टर मिलन लामालाई २–० ले हराउँदै उपाधि हात पारेका हुन् । क्लासिकलतर्फ पहिलो र दोस्रो खेल बराबरी भएको थियो । क्लासिकलमा दुवै खेलाडीले समान १ अंक जोडेपछि उपाधिको छिनोफानो टाइबे्रकरबाट भयो । ५–५ मिनेटको खेलमा जैसवालले मिलनलाई दुवै खेलमा २–० ले हराउँदै उपाधि हात पारे । 

लामो समयपछि खेलमा फर्केका युवा खेलाडी मिलनले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरी अन्तिम दुईमा स्थान पक्का गरेका थिए । उपविजेता हुँदै उनले ८० हजार रुपैयाँ पाए । फिडे मास्टर क्षितिज भण्डारीले तेस्रो हुँदै ५० हजार रुपैयाँ हात पारे । क्षितिजले तेस्रो स्थानका लागि भएको खेलमा यू–१६ का राष्ट्रिय विजेता पुरुषोत्तम सिलवाललाई १.५–०.५ अंकले पछि पारे । नकआउटकबाहेक लिगतर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगिताको चौथो स्थानमा शैलेन्द्रकुमार न्यौपाने र झापाका राजन सुवेदी पाँचौँ स्थानमा रहे । 

तनहुँका सविनचन्द्र घिमिरे छैटौँ, काठमाडौंका राजेन्द्र बज्राचार्य सातौँ र पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपाली आठौँ स्थानमा रहे । महिलातर्फ पूर्वमहिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले पहिलो हुँदै १० हजार रुपैयाँ जितिन् । दोस्रो स्थानमा मोरङकी शान्ति धिमाल र तेस्रो स्थानमा काठमाडौंकी पूर्णिमा गुरुङ रहे । 

ad
ad