१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पूर्वउपमेयर, वडाध्यक्ष र दुई प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:४१:oo

ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ नगरपालिकाका पूर्वउपमेयर, वडाध्यक्ष र दुई प्रमुख प्रशासकीयसहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिकाका यसअघिका उपप्रमुख सुरेन्द्र खड्का, वडाध्यक्ष जीवन आचार्य तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य तथा राजस्व परामर्श समितिका सचिव काशीराम शर्माविरुद्ध मुद्दा दायर गरेको हो । 

ढुंगा, गिटी, बालुवाको बिक्री–वितरणका लागि प्रदेश सरकारले तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा त्यसविपरीत बिक्री वितरणदर घटीमा निर्धारण गरेर राजस्व संकलन गरेको आयोगको आरोप छ । यसबाट सरकारलाई १७ लाख ४० हजार रुपैयाँ नोक्सानी भएको आरोपपत्रमा उल्लेख छ ।

आरोपित सबैलाई हिनामिना भएको रकमको दोब्बर जनही बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको हो । आरोपित सबैलाई जनही ३४ लाख ८० हजार रुपैयाँ बिगो मागदाबीसमेत आयोगले गरेको छ । 

ad
ad