१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ १३ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार चुनावदेखि डराइरहेको छ : नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:o५:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरे। सत्तारुढ गठबन्धन आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाइ छ।

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरूकै कारण मंसिर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक-पटक दोहोर्‍याए। उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

उनले भने, ‘सरकार चुनावदेखि डराइरहेको छ। चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ। चुनाव हुन्छ भन्ने ढुक्क छैन। स्थानीय तहका चुनाव पनि आफ्नो पार्टीको दबाबमा मात्रै सरकारले गरेको हो। आफूलाई लोकतान्त्रिक हुँ भन्ने कांग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ।’

ad
ad