
पश्चिम नवलपरासीमा जंगली जनावर भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट नगरपालिका- २ संसारकोट बस्ने ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा घाइते भएका हुन्।
घरदेखि २ किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निगुरो टिप्न जाँदा आज दिउँसो साढे १ बजेतिर भालुले आक्रमण गरेको हो।
घाइते खिममायाको चिसापानी अस्पताल चिसापानी बर्दघाटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ।