Skip This
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 16 June, 2024
रासस बाँके
२o८१ जेठ १३ आइतबार २१:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

Read Time : < 1 मिनेट
रासस, बाँके
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार २१:४९:oo

गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ। 
अत्यधिक गर्मी र ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए।

उनका अनुसार यही १५ देखि १८ जेठसम्म उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो। १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ। 

नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ। 

ad
ad
ad
ad