१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस वासिङ्टन
२o८१ बैशाख १९ बुधबार १३:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ताइबानलाई १.१ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१७:oo

संयुक्त राज्य अमेरिकाले ताइबानलाई हारपुन र साइडबिन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब अमेरिकी डलरबराबरका सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ।

डिफेन्स सेक्युरिटी को-अपरेसन एजेन्सीले वासिंटनले ताइबानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइबानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रवर्द्धन गर्न ताइबानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ।

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइबानको विवादास्पद भ्रमणलाई लिएर वासिंटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ।

हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–सिप होमिङ मिसाइलहरू हुन्। यसअघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडबाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन्, जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ।

टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वासिंटनमा चिनियाँ दूतावासले यस हप्ताको सुरुमा प्रस्तावित हतियार बिक्रीबारे प्रतिक्रिया दिँदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइबान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो।

ताइबानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ। सो ड्रोन चिनियाँ तटबाट सियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइबानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमान्डले आज दिउँसो १२ः३० बजेतिर सियु टापुको प्रतिबन्धित पानीको हवाई क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ।
गत मंगलबार पनि ताइबानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइबान नियन्त्रित टापुमा प्रतिबन्धित वायु क्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइबानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यसवरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको बताइएको छ। एएनआई

ad
ad