Skip This
‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:११:oo

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले एनसेल आजियाटा लिमिटेडलाई जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्रदान गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पिड स्कोरका आधारमा यो सम्मान प्रदान गरिएको हो।नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न एनसेलले डाउनलोडमा १७.३१ एमबिपिएस र अपलोडमा ९.२६ एमबिपिएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरेको कम्पनीले जनाएको छ । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निक्र्योल गरिएको कम्पनीको भनाइ छ । 

उक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पिड टेस्ट आइओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कमा आबद्ध रहेका ग्राहकले गरेको कुल १६ हजार नौ सय २९ स्पिड टेस्टलाई तुलना गरेको जनाइएको छ । अवार्ड प्राप्त गरेपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आमउपभोक्तालाई जोड्ने निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पिड टेस्टिङ कम्पनी उक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’को मान्यता प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यो अवार्ड हामीले आफ्नो प्रतिबद्धताबमोजिम सेवा प्रदान गरिहेका छौँ भन्ने प्रमाण हो ।’

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको जनाएको छ । देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको दाबी गरेको छ ।उक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले आफ्नो कम्पनीले प्रदान गर्ने स्पिड टेस्ट अवार्डहरू विश्वका सबैभन्दा फास्टर शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल सेवाप्रदायकलाई प्रदान गरिने विशिष्ट सम्मानहरू भएको बताए ।  उनले भने, ‘यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ता आफैँले गरेको स्पिड टेस्ट र उक्लाको कठोर विश्लेषणमा आधारित छ ।’ 

ad
ad