१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीपीडितलाई राहत सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:१४:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल,  वडाध्यक्ष कलिम राइन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितहरूलाई प्रत्येक घर एक थान साडी वितरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे। यसप्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वाससमेत व्यक्त गरे।

वडाध्यक्ष कलिम राइनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक, आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए।

आगलागीबाट प्रभावित भएका एक सय ५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो। मटिहानी नगरपालिका– ६ मा लागेको आगोले सयभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने करिब ५० घरमा क्षति भएको छ।

ad
ad