१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभाको बैठक आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:४८:oo

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् । 

बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सचिव फँुयालले टेबुल गर्नेछन् ।

यस्तै, राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्यांक विधेयक, २०७६’, ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

ad
ad