सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदको नाराबाजीका बीच विश्वासको मतको प्रक्रिया अगाडि बढेको छ।
प्रतिपक्षका सांसदले प्रदेश प्रमुख र सभामुखविरुद्व नाराबाजी गरेर रोस्टममै जान खोजेपछि मर्यादापालकले रोकेका थिए। नाराबाजी गरेर कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसद बैठकबाट बाहिर निस्किएका छन्।
अवरोधबीच मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको प्रस्ताव पेस गरेका छन्। अहिले मतदान भइरहेको छ।