१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५९:oo

गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु गरिएको छ । शुक्रबार दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । उनले भने, 'डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरीएपनी आगामी केही साताभित्र  दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइनेछ।'

जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् । जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीले बताइन् । 

हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर पर्‍यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ । 

मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाई छ ।

अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी बाहीर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् । अब डायलाइसिस गराउनकै लागि काठमाडाैंलगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन् । 
 

ad
ad