१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २४ सोमबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निहारिकाले फिर्ता गरिन् करिश्माको सहयोग रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५o:oo

‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्।

आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन्। 

न्यायको माग गर्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने भएकी छिन्।

ad
ad