१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १० शुक्रबार ०८:५१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

यसकारण ब्ल्याक  एन्ड ह्वाइटमा राधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १० शुक्रबार ०८:५१:००

पात्र संवाद 

मलामी, सुनभागा, बाटोमुनिको फूल–२ लगायतका फिल्म निर्देशन गरेका सुवर्ण थापाको निर्देशनमा बनेको राधा १० भदौबाट प्रदर्शनमा आउनेछ । बुसान फिल्म फेस्टिभलबाट ‘स्क्रिप्ट डेभलपमेन्ट फन्ड’ पाएको यो फिल्म अन्तर्राष्ट्रिय महोत्सवहरूमा श्यामश्वेत रंगमा प्रदर्शन हुनेछ । नेपाली बजारमा भने  श्यामश्वेत र रंगीन दुवै भर्सनमा रिलिज हुने निर्देशक सुवर्ण थापाले बताएका छन् । फिल्मकी पात्र राधाबारे उनी भन्छन् :

सुवर्ण थापा, निर्देशक

हाम्रो फिल्म ‘राधा’की पात्र आधुनिक हुन्, जो आफ्नो श्रीमान् र सानो परिवारसँग बस्छिन् । उसको जीवनमा आउने उतारचढाव र अन्तरद्वन्द्व, आफ्नो परिवारप्रतिको दायित्व, उसले खेल्ने भूमिका र समाजलाई हेर्ने उसको दृष्टिकोण, अन्तरमुखी पात्र हुँदाहुँदै समाजमा उसले आफूलाई स्थापित गर्नका लागि गर्ने संघर्ष नै फिल्मको कथा हो । 

राधा खुला आकाश पनि हुन सक्छिन्, गहिरो समुद्र पनि हुन सक्छिन् । राधालाई अघि बढाउने, सहकार्य गर्ने पात्रलाई पनि हामीले पोस्टरमा समावेश गरेका छौँ । तर, राधालाई विशेष फोकस गरेका छौँ । जस्तो– बसको भिडमा अरू पात्रहरू पनि छन् । तर, राधा कसैलाई वास्ता नगरी आफ्नै दुनियाँमा छिन् । पोस्टरमा राधालाई हाइलाइट गर्न उनलाई विशेष कलरको थिम दिएका छौँ । 

नेपालमा रंगीन र ‘ब्ल्याक एन्ड ह्वाइट’ दुवै कलरमा रिलिज हुने भए पनि अन्तर्राष्ट्रिय महोत्सवहरूमा यो फिल्म ब्ल्याक एन्ड ह्वाइट’ रिलिज हुनेछ । क्यारेक्टरको इमोसन र फिलिङ्समा दर्शकलाई कन्सन्ट्रेट गराउनका लागि अरू कलरलाई माइनस गरेर मोनोक्रोम ‘ब्ल्याक एन्ड ह्वाइट’ युज गरेका हौँ । दर्शकको फोकस क्यारेक्टरको एक्सप्रेसन र फेसमा मात्रै होस् भन्ने उद्देश्य हो ।