१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ९ बिहीबार ११:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रभु बैंकको एसडिपीका सेवाग्राहीलाई लक्षित गरी अन्तर्क्रिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ९ बिहीबार ११:०४:००

प्रभु बैंकले कृषि क्षेत्र विकास कार्यक्रम-ASDP_का सेवाग्राहीलाई लक्षित गरी विकसित नयाँ कर्जा सेवा ( New Loan Product) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योदान पुर्‍याउने कार्यक्रमको प्रमुख उदेश्य रहेको जानकारी गराइएको थियो ।  

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णालीका सचिव डा. लेखराज दाहाल, प्रभु बैंक लि.का  CBCO    सुनील रानालगायत कर्णाली प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । 

ASDP का संयोजक विनोदकुमार भट्टराईले ASDP को परिचयसहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरिकाबारे जानकारी गराएका थिए ।  प्रभु बैंकका Head- Microfinance Department चन्द्रबहादुर खत्रीले ASDP को लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै Loan Product बनाई कार्यान्वयन गरिने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सोअन्तर्गतका शाखा प्रमुखहरूलाई यस कार्यक्रमअन्तर्गतका लाभग्राहीहरूलाई सहज रूपमा कर्जा प्रवाह गराई  वित्तीय साक्षरतासमेत उपलब्ध गराउन आग्रह गरे ।