१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० जेठ ३२ बिहीबार ११:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकले विद्युतीय गाडीमा कर्जा दिने

Read Time : < 1 मिनेट
२०८० जेठ ३२ बिहीबार ११:४२:००

प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्नका लागि ग्राहकलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यो कर्जा सुविधा हाल देशभर रहेका तीन सय एक शाखाबाटनै उपलब्ध हुने जनाइएको छ ।

सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास व्यक्त गरेको छ ।