मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : एएफपी
एजेन्सी मुम्बई
२०७९ भदौ ९ बिहीबार ००:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

Read Time : < 1 मिनेट
एजेन्सी, मुम्बई
२०७९ भदौ ९ बिहीबार ००:३३:००

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएका हुन् । 

‘म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरूले कोरोना भाइरसको परीक्षण गराउनुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले लेखेका छन् ।

उनले आफू अहिले पहिलोपटक संक्रमित भएको हाेइन भन्दै यसलाई स्वाभाविक र सहज रूपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलोपटक संक्रमित भएका थिए । 

त्यति वेला उनी झन्डै तीन हप्ता अस्पतालमै रहेका थिए । त्यसवेला छोरा अभिनेता अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आराध्या पनि संक्रमित भएका थिए ।