१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्दिबासका भूमिहीनले पाउने भए लालपुर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४४:oo

वर्षौँदेखि लालपुर्जा नभएका भूमिहीनले आफ्नै नाममा दर्ता रहेको जग्गाको लालपुर्जा पाउने भएका छन्। राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरूलाई लालपुर्जासहितको जग्गा दिने अन्तिम तयारी गरेको छ।

राष्ट्रिय भूमि आयोग महोत्तरी जिल्ला समितिका अध्यक्ष ज्ञानबहादुर गोलेका अनुसार यही भदौ मसान्तभित्र बर्दिबासको वडा नं. ४ का भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको छ। आयोगको महोत्तरी जिल्ला समितिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गोलेले सो कुरा बताएका हुन्। नगरपालिकाले गरेको नापनक्सा यसै साता कार्यालयमा आइपुगेको र तदारुकताका साथ वडा नं. ४ को नक्सा पुनः चेकजाँचको काम भइरहेकोमा अब विलम्ब नहुने बताए।

विगतमा बर्दिबास, सोनमा र गौशालासँग मात्र सम्झौता भएकोमा बर्दिबास– ४ को नक्सा वितरणपछि बर्दिबासकै अन्य वडा र सोनमा तथा गौशालाको समेत लालपुर्जा वितरणको कार्य विधिवत् गर्दै जाने उनले थपे। अध्यक्ष गोलेले पछिल्लो समय औरही नगरपालिका, रामगोपालपुर नगरपालिका र मनरासिस्वा नगरपालिकासँग समेत सम्झौता भइसकेको र चाँडै जिल्लाका अन्य पालिकाहरूसँग समेत सम्झौता गरी दलित सुकुमबासी र भूमिहीन सुकुमबासीलाई जग्गा वितरणको तयारी थालिने बताए। 

यसका अलावा सरकारले निर्धारण गर्ने मूल्यमा आठदेखि दुई सय प्रतिशतसम्म राजस्व लिएर अव्यवस्थित बसोबासलाई समेत आयोगले निर्धारण गरेको मापदण्डअनुसारको जग्गा उपलब्ध गराइने बताए। उनले भूमिहीन सुकुमबासी र दलित सुकुमबासीहरू तथा अव्यवस्थित बसोबासका घरहरूलाई व्यवस्थित गर्न विभिन्न मापदण्ड निर्धारण गरिएकोमा कुनै व्यक्तिले दोहोरो जग्गा पाउने, घटीबढी जग्गा पाउनेलगायतका समस्या नहुने बताए। अध्यक्ष गोलेले झुटा विवरण पेस गरेर जग्गा लिन खोज्नेलाई कारबाही, दण्ड र सजायको समेत व्यवस्था भएकाले वास्तविक भूमिहीनले नै जग्गा पाउनेमा विश्वस्त रहन आग्रह गरे।

अव्यवस्थित बसोबासकै सन्दर्भमा जसले जति जग्गा हडपे पनि उनीहरूलाई निर्धारण गरिएको मापदण्डकै आधारमा पैसा लिएर जग्गा दिने भएकाले करोडपतिदेखि रोडपतिसम्मलाई न्याय हुने उनको तर्क छ। कसैले सयौँ बिघा जग्गा हडपे पनि उक्त जग्गा उसुलउपर गर्न आयोग प्रतिबद्ध रहेकोमा उनले जोड दिए।

यता नापी कार्यालय जलेश्वरका प्रमुख तथा समितिका सदस्य सचिवसमेत रहेका राकेशकुमार झाले गत असारमै लालपुर्जा वितरणको लक्ष्य रहेकोमा नक्सा उपलब्ध हुन नसक्दा विलम्ब भएको बताए। हाल वडा नम्बर ४ को नक्सा नगरपालिकाले उपलब्ध गराइसकेकोमा लालपुर्जा वितरणको अन्तिम गृहकार्य भइरहेको उनको भनाइ छ । उनले पहिले नगरपालिकाले नापी कार्यालयसँग समन्वय नै नगरी नक्सा नापजाँच गरेकोमा हाल पुनः त्यसको चेकजाँच गर्नुपर्ने अवस्था आएको बताए।

ad
ad