१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:२४:oo

जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर १९ वर्षीय अज बहादुर कुमाईको मृत्यु भएको छ । भने चट्याङकै कारण शेरबहादुर बुढा अचेत भएका थिए । 

बिहीबार बेलुकी करीब ५ बजेतिर परेको चट्याङ लागेर  पाटनको बागजाउलामा भेडा चराइरहेको कुमाइको मृत्यु भएको छायाँनाथ रारा नगरपालिका–११ की वडा अध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् । 

अचेत भएका बुढा एक घण्टापछि होसमा आएको र उनलाइ घर ल्याइएको छ । मृतक कुमाइलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जनाए ।
 

ad
ad