Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ भदौ ३ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार o६:५३:oo

स्थापनाको एक वर्ष नपुग्दै पार्टी एकता संयोजन समिति बनाउने निष्कर्षमा कसरी पुग्नुभयो ? 
हामीले पार्टी पुनर्गठन गर्ने वेलामै वाम एकताको पहल गर्ने भनेका थियौँ । विभिन्न चरणमा भएका छलफलका आधारमा बृहत् वाम एकताको आवश्यकता महसुस गरेर संयोजन समिति बनाउने निष्कर्षमा पुगेका हौँ । 

पार्टी चलाउन गाह्रो भएर माओवादीसँग एकता गर्न खोज्नुभएको हो ?
हामीसँग विभिन्न टुक्रामा विभाजित कम्युनिस्टलाई एकीकृत गरेर एमाले बनाएको अनुभव छ । को–अर्डिनेसन केन्द्रका संस्थापक तीन नेता भएको पार्टीको नाताले बृहत् वामपन्थी एकताको विषय अघि सारेका हौँ । अब फेरि एकीकृत सशक्त वामपन्थी पार्टी निर्माणको दिशामा अगाडि बढेका छौँ । 

पार्टी एकता  कहिले हुन्छ ? 
पार्टी एकता संयोजन समितिले एकताको आधारमाथि छलफल गर्छ । बृहत् छलफलका आधारमा हामी निर्णयमा पुग्छौँ । अब माओवादी केन्द्रले पनि संयोजन समिति बनाउने संस्थागत निर्णय गर्छ । त्यसपछि कार्यादेश र पार्टीको नामलगायत विषयमा छलफल हुन्छ । बृहत् वामशक्ति निर्माण गर्ने निचोडमा हामी पुगेका छौँ ।