१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारलाई आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:१७:oo

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनमा सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई आवश्यक निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि सहजीकरण गर्न आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीबार निर्देशन दिएको हो । 

आयोगले त्यस्ता कार्यालय राख्ने स्थान तथा भवनको यकिन गर्न भनेको छ । आयोगले मतदानस्थल तथा मतदान केन्द्रमा आवश्यक तारबार तथा सञ्चारजस्ता सुविधाको व्यवस्था गर्न तथा मतदानस्थल तथा केन्द्रलाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

ad
ad