मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

'प्रेमगन्ज' हेर्ने दर्शकलाई बम्पर अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १७:५६:oo

यही भदौ ३ देखि देशभर प्रदर्शन हुन गइरहेको चलचित्र प्रेमगन्ज हेर्ने दर्शकहरूले बम्पर अफर पाउने भएका छन्। २ भाद्रदेखि ८ गतेसम्म खल्ती एपमार्फत प्रेमगन्ज फिल्मको टिकट काट्ने दर्शकलाई ५० प्रतिशतदेखि अधिकतम २०० रुपैयाँसम्म रकम फिर्ता हुनेछ।

त्यसका लागि टिकट काट्दा  प्रोमोकोडमा PREMGANJ अनिवार्य उल्लेख गर्नुपर्नेछ। त्यस्तै, भदौ ३ देखि ५ गतेसम्म फिल्मको टिकट काट्ने दर्शकहरूमध्येबाट एकजना विजेत चुनिनेछन्। विजेताले आफ्नो जोडीलाई लिएर भैरहवामा अवस्थित टाइगर प्यालेस रिसोर्टमा क्यान्डल लाइट डिनरसहित एकरात बस्ने अवसर पाउनेछन्।

त्यसका लागि काटेको टिकटको फोटोलाई प्रेमगन्जको फेसबुक पेजमा म्यासेज पठाउनुपर्नेछ। त्यसमध्येबाट लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेता छनाेट गरिनेछ। साथै, मुक्तिनाथ विकास बैंकले चलचित्र प्रेमगन्जसम्बन्धी सञ्चालन गरेको क्विज प्रतियोगिताको विजेताहरूलाई फिल्मका मुख्य कलाकारहरूसँग बसेर क्यान्डल लाइट डिनरको व्यवस्था पनि गरेको छ।