१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी स्थायी कमिटी बैठक १ बजे, बामदेव र बाबुरामले राखेका शर्तमा छलफल हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:४४:००

आज पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।