मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Thursday, 10 July, 2025
२o७९ श्रावण ३१ मंगलबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रेलर र जिप आपसमा ठोक्किँदा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १२:o४:oo

धादिङको गल्छी गाउँपालिका– ६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । गएराति चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । 

मृत्यु हुनेमा  ज्वालामुखी गाउँपालिका– १ धादिङका ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका ट्रेलरका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले बताए ।